Section 15
सेवा आयोग
(१) विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको नियुक्ति तथा बढुवाको लागि सिफारिश गर्न देहायका सदस्यहरू भएको एउटा निष्पक्ष र स्वतन्त्र सेवा आयोगको गठन हुनेछः–
(क) कुलपतिबाट नियुक्त व्यक्ति – अध्यक्ष
(ख) सदस्य, लोकसेवा आयोग – सदस्य
(ग) प्राध्यापकहरू मध्येबाट एक जना -सदस्य
(२) उपदफा (१) को खण्ड (क) र (ग) बमोजिम अध्यक्ष र सदस्यको नियुक्तिको लागि सिफारिश पेश गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा सभाका दुई जना सदस्यहरू रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिशमा कुलपतिबाट अध्यक्ष र सदस्यको नियुक्ति हुनेछ ।
(३) सेवा आयोगको अध्यक्ष र मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(४) सेवा आयोगको काम, कर्तव्य र अधिकार र कार्यविधि तोकिएबमोजिम हुनेछ ।
(५) सेवा आयोगले शिक्षकको नियुक्ति तथा बढुवा गर्दा प्राज्ञिक क्षमता र अनुभवलाई र कर्मचारीको नियुक्ति तथा बढुवा गर्दा प्रशासनिक दक्षता तथा अनुभवलाई मुख्य आधार बनाउनेछ ।
(६) सेवा आयोगको अध्यक्ष र सदस्यहरूको काम, कर्तव्य, अधिकार तथा पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिएबमोजिम हुनेछ ।